दफा १७
नेपाली नागरिक वा नेपालको स्थायी अधिवासी भएको कुटनैतिक प्रतिनिधिलाई सुविधा तथा उन्मुक्ति

नेपाली नागरिक वा नेपालको स्थायी अधिवासी भएको कुटनैतिक प्रतिनिधिलाई नेपाल सरकारले थप सुविधा तथा उन्मुक्ति प्रदान गरेकोमा बाहेक आफ्नो कार्यपालनको सिलसिलामा गरेको औपचारिक काम कारवाहीको सम्बन्धमा मात्र यस ऐनबमोजिम अधिकार क्षेत्रबाट उन्मुक्ति तथा अनतिक्रम्यता हुनेछ ।